नारा लेखिरहेछु (कविता)

tej
लाेकपाटी न्यूज

तिमी भनौला साथि
लेख्दैनस् तँ कविता
लेख्छस् नारा
हो

म लेखिरहेछु नारा
नारी बारे
उड्पिडन बारे
दलित मुद्दाबारे

वर्गबारे
लेख्ने र देख्ने म
नारा नै त जान्दछु
र लेख्छु नारा

म निरपेक्ष प्रगति
निरपेक्ष समृद्धि
पत्याउँदै पत्याउन्न
म वर्ग विहिन छ समाज
सोच्नै सक्दिन

म त विचार लेख्छु
व्यवहार हेरे
भाव लेख्छु
हेरेर असमानता
त्यसैले मैले अझ
लेख्नै छ धेरै धेरै

तिम्रो परिभाषामा
कविता नगनिने
नारा
त्यो नै मेरो
पारा हो पारा
तिमी जति आरोपित गर
गर जति बदनामको प्रयास


लेखिरहेछु
नारा नै नारा
आवाज नै आवाज
असन्तुष्टि नै असन्तुष्टि
असमानता र विभेद जनाउने
देखाउने बुझाउने

त्यसैलाई म
भन्छु साहित्य
हो म खुलेर भन्छु
म लेख्छु नारा
म लेख्छु नारा
नारा लेखिरहेछु ।

✍️ तेज विलास अधिकारी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्