काठमाडौं, २४ माघ । हालै रिलिज भएको कंगनाको फिल्म ‘मणिकर्निका’ले बक्स अफिसमा धमाकेदार व्यापार गरिरहेको छ ।
अभिनेत्री कंगना रनावत फिल्मले पाएको सफलतालाई लिएर खुशी छिन् । तर, फिल्मलाई लिएर नाम चलेका कलाकारबाट प्रतिक्रिया नपाउँदा कंगना रिसले आगो बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले भनेकी छन्, ‘आमिर खान, आलिया भट्ट, ट्वीङ्कल खन्ना स्वार्थी र मतलबी मानिसहरु हुन् ।’
‘जब आलियाको राजी फिल्मको ट्रेलर रिलिज भयो तब उनले मलाई उक्त क्लिप पठाएकी थिइन् । मैले प्रतिक्रिया पनि दिएकी थिए । तर, उनले समान व्यवहार गर्न सकिनन्,’ उनले भनेकी छन् ।
फिल्मले सय करोड ग्रस कलेक्शन गर्दा पनि बलिउडका हस्तीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । केहीले त ठूला कलाकारले कुनै पनि प्रतिक्रिया नदिँदा कंगनालाई हेपेको प्रतिक्रिया दिएका छन् । यसअघि पनि कंगनालाई अङ्ग्रेजी नआउने भन्दै केही कलाकारले उछितो खन्ने काम गरेको बताइएको छ ।



लाेकपाटी न्यूज

