काठमाडौं, २३ माघ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाही गर्न नसकेको बताएकी छन्।
उनले लामो समयसम्म पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीमाथि ‘हत्याराहरु बालुवाटार र सिंहदरबारको कुर्सीमा छन?’ भन्ने पश्न गरेकी छिन् ।
तर, बुधबार गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा विभिन्न प्रश्नको जवाफ दिने क्रममा सरकार हत्यारा पत्ता लगाउन लागि परेको र अनुसन्धानमा धेरै प्रगति भएको बताए ।
प्रश्नको जवाफमा गृहमन्त्री थापाले अनुसन्धान जारी रहेको र निर्मलालाई न्याय दिलाउन सरकार गम्भीर रहेको बताए । उनले अनुसन्धानमा लागेका प्रहरीले लापरबाही गर्ने प्रहरी अधिकृतलाई कारबाही गरिएको भन्दै हत्यारा जहाँ भए पनि उम्कन नसक्ने दावी गरेका छन् ।



लाेकपाटी न्यूज

