काठमाडौं । भारतीय कामदारका लागि सरकारले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान बनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालमा काम गर्न भारतीयका लागि यस्तो प्रावधान ल्याएको हो ।
मन्त्रालयको बिना जानकारी भारतीय श्रमिकहरुले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने सूचना जारी भएकोमा मन्त्रालयले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य भनी विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरे जानकारी दिए ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत माघ १० गते नेपालमा काम गर्न भारतीय श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने भन्दै सबै श्रम कार्यालयहरुलाई पत्राचार गरेको थियो ।




लाेकपाटी न्यूज

