नेकपाको बैठकले गर्‍यो प्रचण्डको विज्ञप्ति अनुमोदन (विज्ञप्तिसहित)

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं, २१ माघ । भेनेजुएला सङ्कट र अमेरिकी हस्तक्षेपको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको वक्तव्यलाई अनुमोदन गरेको छ ।

सोमबार बसेको नेकपाको सचिवालय बैठकले भेनेजुएलामा विकसित भएको राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

‘विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको प्रश्नमा हाम्रो पार्टीमा कुनै अन्यौल र द्विविधा छैन । यस सम्बन्धमा पार्टीका दृष्टिकोण र नीतिहरु स्पष्ट र स्थिर छन्,’ महासचिव विष्णुप्रसाद पौडेल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध रहँदै आएको छ ।’

यसअघि अध्यक्ष प्रचण्डले भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाको हस्तक्षेप मान्य नहुने धारणासहितको वक्तव्य जारी गरेका थिए ।

विज्ञप्ति हेर्नुहोस् :

Press realese01

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्