काठमाडौं, २१ माघ । चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् । रंगशाला निर्माणका लागि धमाधम सहयोग रकम आउन थालेका छन् । सहयोग रकम जुटाउनकै लागि यतिबेला धुर्मुस-सुन्तली मलेसिया उडेका छन् ।
धुर्मुस-सुन्तलीसँगै लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छिन् । मलेसियामा सहयोग रकम संकलनका लागि धुर्मुस-सुन्तली साँझको आयोजना गरिएको छ ।
मलेसियाको विभिन्न शहरहरुमा यो कार्यक्रम आयोजना गर्ने तयारी रहेकोसीताराम कट्टेल ‘धुर्मुस’ धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुखसमेत रहेका सिताराम कट्टेलले बताए ।
फाउण्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले सहयोग गर्नैपर्छ भन्ने बाध्यता नभएपनि सकेको सहयोग गर्न सबैलाई आग्रह गरिन् ।



लाेकपाटी न्यूज

