गुण्डा नाइके राजु गोर्खाली पक्राउ

Raju Gorkhali001
लाेकपाटी न्यूज

काठमाडौं, २० माघ । गुण्डा नाइके राजु गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि खोजीको सूचीमा रहेका गोर्खालीलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले गोर्खालीलाई प्रक्राउ गरेको छ । काठमाडौंको सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो ।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो ।

सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै आएको थियो गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पार्दै जबर्जस्ती रकम असुली गरेको जाहेरी परेकोले गोर्खालीलाई पक्राउ गरी हिरासतमा लिइएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीले गोर्खाली लगायतको समूहविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको छ । पक्राउ गरेसँगै उनलाई जिल्ला अदालतमा लैजाने र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्