उनी रिसाएकी छिन् (कविता)

लाेकपाटी न्यूज

शहरको एउटा कुनामा म छुँ

अर्को कुनामा उनि छिन्

धेरै भैसक्यो

एकले अर्कालाई

सन्चो बिसन्चो नसोधेको

 

पहिले पहिले

आज झगडा परे

भोली बोल्न आउथिन्

यसपाली त दुश्मनै

सम्झिइनकी कसो

बेपत्ता भएकी छिन्

मेरा लागी

 

टाढा हुन भनौ भने

फराकीलोे छैन शहरको

भूगोल

नजिकै छिन भनौ भने

भेटिएकी छैनन् छुट्टिए देखी

 

गएछुँ भने कहिलेकाही

हेरिरहन्छुँ उनि बस्ने शहरको

छेउकुनामा

देख्छौकी भनेर

सोधीरहन्छुँ नजिकका

आफ्नाहरुलाई

उनै पो हुनकी भनेर

नजर डुलाउछुँ हिँडिरहेको बाटोहरुमा

 

जसोगरेपनि

मनै नभएपछी त

मुस्किल पर्दो रहेछ

हराएजस्तो गरेकालाईभेट्न

 

भिडमै हराउछन्

भिडमा देखिएकीहरु

सधै रित्तो लाग्छ शहरको

छेउकुना

सोधेकाहरुले थाह छैन भन्छन खबर

 

कहिल्यै नबोलुला झै गरी

कति रिसाएकी हुन कुन्नी

अब बोले पनि नबोले पनि

म त

चुपचाप बिलिन छुँ आफ्नै चर्यामा

प्रयत्न गर्दैछुँ जीवन बिताउने धर्काहरु

कोर्न

कसैसँग बोल्दा पनि

पहिल्यै जोख्ने गर्छु शब्दहरुको ओजन

उनि रिसाए देखी

साह्रै सुध्रिएको छुँ अचेल ।

 

लोक राज भट्ट

ललितपुर

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्