साताको शेयर बजारमा १ अर्ब बढीको कारोवार

nepse-1
लाेकपाटी न्यूज

काठमाडौं, १९ माघ । धितोपत्र बजारमा यस साता कूल १ सय ६८ कम्पनीको ४४ लाख ६६ हजार ५ सय ६८ कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७ सय ३७ मूल्यमा खरीद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १ सय ६३ कम्पनीको १० लाख ७९ हजार ५ सय ८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८ सय ८८ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको दोस्रो दिन कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुग्यो । सो दिन कूल १६५ कम्पनीको आठ लाख ७१ हजार ८ सय २८ कित्ता शेयर रु २२ करोड ४३ लाख १६ हजार ५ सय २७ मा खरीद बिक्री भए ।

साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झ¥यो । सो दिन कूल १ सय ६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३ सय ८७ मूल्यमा खरीद बिक्री भए ।

बुधबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ४ विन्दुले घटेर एक हजार १ सय ६० दशमलव ५९ विन्दुमा कायम रह्यो । सो दिन कूल १ सय ६८ कम्पनीको पाँच लाख ७२ हजार ७ सय ७५ कित्ता शेयर रु १९ करोड २० लाख ९४ हजार ४ सय ९२ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन बिहिबार कूल १ सय ६८ कम्पनीको नौ लाख सात हजार ३ सय १४ कित्ता शेयर रु २७ करोड ३३ लाख ८७ हजार ४ सय ४३ मूल्यमा खरिद बिक्री भयो । सो दिन नेप्से परिसूचक १.०४ विन्दुले बढेर एक हजार १६१.६३ विन्दुमा कायम भइ बजार बन्द भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्