एजेन्सी । Missosology.com ले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गरि त्यसमा कुन कुन देशका महिलाले कस्तो प्रभाव पारे भनेर पहिचान गरे ।
यसको सूचिमा नेपाल पनि परेको छ । यो नेपालको पहिलो प्रयास हो । यस सूचिमा नेपाल २ सय ९० अंकका साथ ११ औँ स्थानमा छ ।
गत वर्ष आयोजित सुन्दरी प्रतियोगीतामा सुन्दरीहरुलाई केही पोइन्ट दिइएको थियो । जसमा नेपालले मिस अर्थमा ५० अङ्क, मिस इन्टरनेशनलमा १०, सुप्रानेशनलमा १०, मिस वल्र्डमा १२० र मिस युनिभर्समा १०० अङ्क पाएको छ ।
सबैभन्दा धेरै पोइन्ट पाएर भेनेजुएलाले फिलिपिन्सलाई पछि पार्दै ‘पर्फमर अफ द इयर फर २०१८’ को उपाधि जीत्यो । भेनेजुएलाले यो उपाधि जितेको यो १८ औँ पटक हो । सन् २०११ पछि गत वर्ष उनीहरुले पुनः यो उपाधि पाएका हुन् ।
६ सय ४७ अङ्क पाएको भेनेजुएलाले आफ्नो प्रतिस्पर्धी फिलिपिन्सलाई मिस वल्र्ड २०१८ को उपाधि दिलाएको हो । सूचिको २० औं स्थानमा परेको भियतनामले भने १ सय ९० अङ्क पाएको छ ।



लाेकपाटी न्यूज

