घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौँ : प्रधानमन्त्री ओली

लाेकपाटी न्यूज

१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार गरि हत्या गरिएकी निर्मला पन्तको घटना आश्चर्यजनक रहेको बताए ।

मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले बलात्कार र हत्याका अरु घटनाको दोषी पत्ता लागे पनि यस घटनाको दोषी पत्ता लगाउन कठिन भएको बताएका हुन् ।

यस घटनाको अनुसन्धानका क्रममा प्रहरी नै दोषी देखिदै आएको छ । घटना अनुसन्धानको मुख्य समस्या पत्ता लगाउन एक पछि अर्को प्रहरी टिम तथा गुप्तचरहरु पठाइ अनुसन्धान भइरहेको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेकोमा अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको बताए । उनले भने ‘केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन् । तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

नेपाल प्रहरी अपराध अनुसन्धानमा सक्षम मानिए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता नलाग्नु दुखद भएको उनको भनाइ छ ।‘नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धान गर्न, अपराधी पत्ता लगाउन, कारबाही गर्न सक्षम छ । ९५ प्रतिशतभन्दा बढी अपराध पत्ता लागेका छन्’ प्रधानमन्त्रीले भने, ‘यस बीचमा भएका यसै प्रकारका घटनामा आम रुपमा पत्ता लागेका छन् । बलात्कारका घटना, बलात्कारपछिका घटनाहरु प्रहरीले पत्ता लगाएको छ । तर दुखलाग्दो कुरा आश्चर्यजनक कुरा निर्मला पन्तको यथार्थ अन्तिम रुपमा टुंगो लाग्न सकेको छैन । यो दुखद पक्ष हो ।’

प्रधानमन्त्री ओलीले निर्मला पन्तको घटनामा प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न नपाएको पनि जिकिर गरे । ‘यस घटनाको छानबिन गर्ने संस्थाले स्वतन्त्र ढंगले गर्न पाएको अवस्था पनि छैन, त्यसभित्र कतिपय शक्तिहरुले आफ्नो स्वार्थ त्यहाँ मिसाएर त्यसलाई झण्डा बनाएर कुदेको पनि देखिन्छ । फलानोलाई समानुर्पयो, फलानोलाई किन समातिस्, किन यता लग्यो यता लगेन आदि, जसले गर्दा पनि अध्ययन नुसन्धानको काममा ब्यवधान भएको ।’
यस घटनामा संलग्न अपराधीलाई कुनै पनि हालतमा छाड्ने बताउदै ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने पनि दावी गरेका छन् । उनले सरकार दोषी पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउन लागि पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्