प्रकाश राज चुनाव लड्ने

prakash Raj01
लाेकपाटी न्यूज

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रकाश राजले नयाँ वर्षको अवसरमा एक नयाँ घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आगामी लोकसभा चुनावमा निर्दलीय उम्मेदवारको रुपमा लड्ने बताएका हुन् ।

प्रकाशले ट्वीटमा भनेका छन्, ‘सबैलाई नयाँ वर्षको शुभकामना । एक नयाँ शुरुआत, बढी जिम्मेवारी । आगामी लोकसभा चुनावमा निर्दलीय उम्मेदवारको रुपमा उत्रनेछु । सिटको जानकारी चाँडै नै दिनेछु । अबको पालो जनताको सरकार ।’

स्मरण रहोस्, प्रकाश राज सियासी क्षेत्रमा निकै चर्चित छन् । प्रकाश राजको गन्ती ती अभिनेतामा हुन्छ जो राजनीतिक टिप्पणी गर्न चुक्दैनन् । अभिनेता प्रकाश राजले धेरै पटक मोदी सरकारको आलोचनासमेत गरेका छन् । उनी देशको मुद्दामा आफ्नो राय दिने गर्छन् । केही समयअघि उनले आफू हिन्दु विरोधी नभएको स्पष्ट पारेका थिए ।

प्रकाश राज दक्षिण भारतीय फिल्ममा सफल नाम हो । उनले ‘सिंघम’ र ‘वान्टेड’ जस्ता सुपरहिट फिल्ममा भिलेनको भूमिका निभाइसकेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्