दुई न्यायाधीश निलम्बित

Lalitpur jilla adalat
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । आचरण विपरित कार्यसम्पादन गरेका आरोपमा ललितपुर र तनहुँ जिल्ला अदालतका न्यायाधीश निलम्बनमा परेका छन् ।

पदीय कर्तब्यबाट च्यूत भएकोे आरोपमा न्याय परिषदले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई निलम्बन गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शपथ गरेको भोलिपल्ट परिषद्को निगरानी संयन्त्रले पहिलो अनुगमन ललितपुर जिल्ला अदालतमा गरेको थियो । अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले गडबडी गरेको पाइएको थियो ।

यस्तै न्यायिक बिचलन देखिएको भन्दै तनहुँका जिल्ला न्यायाधीश उपाध्यायलाई न्याय परिषदमा झिकाइएको थियो ।

यसअघि, विराटनगर उच्च अदालतमा विकराल अवस्था देखिएपछि तत्काल पाँच न्यायाधीश नागेन्द्र लाभ कर्ण, उमेशकुमार सिंह, उमेशराज पौडेल, थिरबहादुर कार्की र सारंगा सुवेदी परिषदमा तानिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्