प्रधानमन्त्री ओली गृहजिल्ला प्रस्थान

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा प्रस्थान गरेका छन् । नेपाल टेलिभिजनलाई एचडीमा परिणतको शुरुवात गरेर उनी विहान ११ बजे झापाको चन्द्रगढी प्रस्थान गरेका हुन् ।

बिहीबार दिनभर झापाका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली झापा जाने भएपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ । प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्र तीन दिनअघि देखिनै परिचालित छन्।

प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन गर्ने छन्। प्रधानमन्त्री ओलीको सचिवालयका विकास निर्माण संयोजक होमबहादुर थापाका अनुसार दमकमा आयोजित बाल महोत्सवको उद्घाटनपछि प्रधानमन्त्री ओली कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माविमा हुने स्वर्ण महोत्सव समारोहमा पुग्ने बताइएको छ ।

यस्तै उनको अपरान्ह ३ बजे भद्रपुरस्थित मेची नदीको पुल उद्घाटन गर्ने कार्यतालिका छ । मंसीर २६ गते नै प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने पूर्व तयारी रहे पनि काम बाँकी रहेकाले सो पुल उद्घाटन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्