काठमाडौं, १५ माघ । प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका ३० कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
कम्युनिस्ट सरकारले अधिनायकवाद तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेको भन्दै उनीहरुले मंगलबार प्रधानमन्त्री निवास बाहिर नारावाजी गरेका थिए ।
आन्दोलन गर्ने नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले बताए ।
उनीहरुले अनसनरत डा. गोविन्द केसीसँग भएको सहमती कार्यान्वयन गर्नुका साथै उनको जीवन रक्षाको माग गर्न समेत आग्रह गरेका छन्।



लाेकपाटी न्यूज

