काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको सोमबार डिस्चार्ज भएको छ ।
उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज दिउँसो २ बजे ललितपुरस्थित सुमेरु अस्पतालबाट डिस्चार्ज गरिएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ । दाहाल माघ ६ गतेदेखि सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराउँदै आएकी थिइन् ।
उनलाई आइतबार आइसियुबाट जनरल वार्डमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा उनको निगरानी पश्चात स्वास्थ्यमा सुधार देखिएपछि सोमबार डिस्चार्ज गरिएको हो ।



लाेकपाटी न्यूज

