कञ्चनपुर, १४ माघ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको भजाइनल स्वाबको नमुनासँग उनकी आमा दुर्गादेवीको डिएनए प्रोफाइल मिलेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार पुगेको रिपोर्ट आज विहान खोलेर हेर्दा दुवैको डिएनए मिलेको देखिएको हो ।
यसअघि हिजो नै राष्ट्रिय मानवअधिकार आयोगले निर्मलाको डिएनएका लागि संकलन गरिएको भजाइनल स्वाब त्रुटीपूर्ण रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
निर्मलाको भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइल माथि नै शंका उठेपछि पुस २६ गते आमा दुर्गादेवीले वास्तविकता पत्ता लगाउन भन्दै डिएनए परीक्षणका लागि रगतको नमुना दिएकी थिइन् । जसको कारण परिवारमा विवाद समेत भचएको थियो ।
रिपोर्टमा दुवैको डिएनए ९९ दशमलव ९९ प्रतिशत मिलेको छ । पीडित परिवारले निर्मलाको डिएनएमाथि शंका गर्दै वास्तविकता पत्ता लगाउन आमाबुवाको समेत डिएनए परीक्षणको माग गर्दै आएका थिए ।



लाेकपाटी न्यूज

