काठमाडौं, १४ माघ । संघीय संसदको राष्ट्रिय सभा बैठक स्थागित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण १५ मिनेट सम्मका लागि उक्त बैठक स्थागित भएको हो ।
प्रतिपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उभिएको अवस्थामा संसदको कारवाही अगाडि बढाउन नसकिएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थागित गरे ।
कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय सरकार मातहत ल्याउन र डा. गोविन्द केसीको माग सम्बोधन गर्न माग गर्दै संसद अवरुद्ध गरेपछि बैठक स्थागित गरिएको हो ।



लाेकपाटी न्यूज

