काठमाडौं, १० माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. गोविन्द केसीको शतप्रतिशत जित भएको बताएका छन् ।
कांग्रेसको अवरोधका बीच शुक्रबार प्रतिनिधिसभा बैठकले विधेयक पास गरेको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा सांसद भट्टराईले भने, डा. केसीलाई भन्न चाहन्छु, तपाईको सतप्रतिशत जीत भएको छ । अनसनबाट निस्कनुुस्, खुसी मनाउनुस् ।’
उनले अब डा. केसीले जीन्दगीभर अनसन बस्नु नपर्ने दाबी गरे । उनले भने, डा. केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ । नेपालबाट विद्यार्थी लगेर नाफा कमाउने विदेश कलेजको मात्र हार भएको छ । तर, सबै नेपालका लागि यो ठूलो जीत हो ।’
सांसद भट्टराईले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुनै हालतमा बिचल्लीमा नपर्ने दाबी गरे ।
उनले भने, आजै कार्यबाहक प्रधानमन्त्रीले स्पष्टीकरण दिने योजनामा थियौं । तर, अवरोधका कारण बोल्न पाउनु भएन । तर, म भन्न चाहन्छु, तनहुँ र बाँकेका दुवै अस्पताल विचल्लीमा पर्ने छैन बजेट व्यवस्थापन गरेर सञ्चालन गर्छ ।’



लाेकपाटी न्यूज

