वरिष्ठ कलाकार गणेश मुनालको निधन

Ganesh Munal01
लाेकपाटी न्यूज

काठमाडौं । वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ ।

उनको सोमबार उपचारको क्रममा राजधानीको वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । के कारणले उनको निधन भएको हो भन्ने खुलेको छैन ।

‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘दिदी भाई’ लगायतका फिल्ममा उनले अभिनय गरेका थिए । उनी अभिनित फिल्म ‘गोपी’ प्रदर्शनको तयारीमा छ । उनी टेलिसिरियलमा पनि उत्तिकै देखिन्थे ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताइएको छ । उनको पार्थिव शरीरलाई श्रदाञ्जलि दिन दर्जनौं कलाकर्मीहरु आर्यघाट पुगेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्