रहेनन् विश्वकै जेष्ठ नागरिक नोनाका

Masazo-Nonaka01
लाेकपाटी न्यूज

टोकियो, ६ माघ । विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ वर्षको उमेरमा निधन भएको छ ।

जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उनको जन्म भएको थियो ।

गिनिज वर्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए ।

‘यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,’ उनकी नातिनी युकोले भनिन् । नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी थिइन् । उनले १९३१ मा विवाह गरेकी थिइन् भने पाँच जना सन्तान थिए ।