थापाको जीवन रक्षा गर्न अपील

50466404_351505319017873_163726717418995712_n
लाेकपाटी न्यूज

काठमाडौं, ५ माघ । नेकपा निकट युवा विद्यार्थी नेताहरुले आमरण अनसनरत विजय थापाको जीवन रक्षाको माग गरेका छन् । उनीहरुले थापाका जायज माग अविलम्ब पूरा गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।

त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनसनरत विजय थापालाई भेट्न पुगेका युवा विद्यार्थी नेताहरूले जीवन रक्षाको माग गरेका हुन् । आइसियुमा राखिएका थापालाई भेटेपछि युवा संघ अध्यक्ष रमेश पौडेलले भने, ‘थापाको अवस्था निकै कमजोर वन्दै गएको छ, उहाँको माग तत्काल पूरा गरी जीवन रक्षा गर्नुपर्छ ।’

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष किरण पौडेल , अखिल (क्रान्तिकारी) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियुका महासचिव ऐन महर, सचिव आरसी लामिछाने लगायतको टोली थापालाई भेट्न अस्पताल पुगेको थियो।

भेटपछि बोल्दै क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्न माग गरेका छन् । ‘संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक तत्काल पारित हुनुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्