मालवाहक ट्रकमा आगजनी

लाेकपाटी न्यूज

सुर्खेत, ५ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सुर्खेतमा दुई  गाडीमा आगजनी गरेका छन् ।

विप्लवले एक दिने सुर्खेत बन्दको आह्वान गरपछि बन्दको अवज्ञा गरेको भन्दै  शनिबार बिहान २ ओटा ट्रकमा आगजनी गरेको हो ।

आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेको प्रहरीले जनाएको छ । बन्दकर्ताले बराहताल गाउँपालिका, ५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका, २ मा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीप क्षेत्रीले सत्तरीमा जलाइएको ट्रकको अगाडिको भाग जलेको र बड्डीचारमा आगजनी गरेको ट्रकको क्षतिको विवरण आइनपुगेको बताए ।

पार्टीका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयू क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुटो मुद्दामा प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपाले शनिबार बन्दको घोषणा गरेको हो । बन्दका कारण सुर्खेतबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीहरु चलेका छैनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्