काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुन ‘अनन्त’ले शहिदका बुवा बस्ने घर बनाइदिएका छन् ।
रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका–७, जेलवाङका शहिद भुवन बुढा मगरका पिता मङ्गले बुढा मगरको घर बनाइदिएका हुन् । गत वर्ष नै पुनले शहिद पिताको घर बनाइदिने प्रतिवद्धता गरेका थिए ।
आफ्नो प्रतिवद्धताअनुसार मन्त्री पुनले बुढाको नीजि आवास बनाइदिएका हुन् । बुढाको घर निर्माणमा अन्य केही व्यक्ति र संस्थाले पनि सहयोग गरेका थिए । शुक्रबार मन्त्री पुन बुढाको नवनिर्मित घरमा समेत पुगेको उनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।
अत्यन्तै जीर्ण घरमा बस्दै आएका बुढाले नयाँ घरको चाहना राखेपछि पुनले घर बनाउन अग्रसरता लिएका थिए । घर बनेपछि मङ्गले बुढा नयाँ घरमा सरेका छन् ।




लाेकपाटी न्यूज

