तपाईलाई थाहा छ काजुका यी फाइदा ?

Cashew-nuts
लाेकपाटी न्यूज

काठमाडौं । हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले अस्वास्थमा राम्रो फाइदा पुर्‍याउँछ ।

शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ । खाली पेटमा काजु र मह खाँदा मानिसको स्मरणशक्ति वृद्धि हुनुका साथै दिमाग तेज गराउँछ ।

यौन क्षमतामा वृद्धि गर्नुका साथै काजुले शक्ति प्रदान गर्छ । काजुमा पाइने मोनो स्याचुरेटेड फ्याक्टले मुटु स्वस्थ्य राख्छ । यसमा पाइने सोडियम र पोटासियमले उच्च रक्तचापको नियन्त्रण गर्छ ।

यसमा पाइने भिटामिन ‘ई’ तथा सेलेनियमले क्यान्सर हुनबाट बचाउँछ । त्यस्तै यसको सेवनले गरेमा कपाल झर्ने समस्याबाट समेत छुटकारा पाइन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्