काठमाडौं, ३ माघ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को म्याद थपिएको विरोधमा नेविसंघ नेता–कार्यकर्ताले चर्को विरोध गरेका छन् । उनीहरुले मोटरसाइकल र्याली निकालेर देउवा निवासमा धर्ना दिएका छन् ।
देउवा निवास अगाडि दर्जनौं नेता तथा कार्यकर्ताले धर्ना दिएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । १२ औं महाधिवेशनका लागि तोकिएको मिति माघ २ गतेसम्म थियो । तर, समयसीमाभित्र महाधिवेशन हुन नसकेपछि पुरानै कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै विरोध जनाएका छन् ।
पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेपछि नेविसंघभित्र चर्को विवाद कायमै छ ।






लाेकपाटी न्यूज

