काठमाण्डौं, २ माघ । प्रदेश ४ को प्रदेशसभाबाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात ‘दीपक मनाङ्गे’ अब फिल्म निर्माण गर्ने भएका छन् । फिल्म निर्देशन जिम्मा उनले निर्देशक शिशिर राणालाई दिएका छन् ।
रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली रहेका छन् । कलाकार भने तय भइसकेका छैनन् ।
फिल्मले विवाह पछिको दम्पतिको प्रेम कथा बोकेको बताइएको छ । निर्देशक शिशिर राणाले फिल्मको प्रि–प्रोडक्सन भित्र १ गीत रेकर्ड भैसकेको र स्क्रिप्ट पनि अन्तिम चरणमा पुगेको बताएका छन् । उनले भने, ‘अब कलाकार चयनको काम चलिरहेको छ । विवाह पछाडिको प्रेम भएकाले फिल्ममा अलि पाको उमेरको कलाकार खोजिरहेका छौँ ।’
सोसल ड्रामामा बन्ने यो फिल्म चैत अन्तिमतिर छायांकनमा जाने बताइएको छ ।



लाेकपाटी न्यूज

