‘अशान्ति र अस्थिरता युगको अन्त्य भइसक्यो’

Madhav kumar nepal
लाेकपाटी न्यूज

भक्तपुर, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए । दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले देशको गरीबी र बेरोजगारीको चक्रब्यूहलाई अन्त्य गर्न सरकार सफल हुने बताउँदै सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

सांसद महेश बस्नेतले पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा. गोविन्द केसीको माग, वाइडबडीजस्ता कुरामा गलत सन्देश जाँदा समाजमा नकारात्मक छाप बसेको धारणा व्यक्त गरे । भक्तपुरको विकासमा अहिले पहिलाको भन्दा तीन गुणा बढी बजेट ल्याएर विकास निर्माणको काम तीव्र गतिमा भइरहेको बताउँदै उहाँले मिडियाले पूर्वाग्राही रुपमा गलत मिसन बनाएर जान नहुने धारणा राखे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्