नेप्से १७.५४ अंकले बढ्यो

Increase share market
लाेकपाटी न्यूज

काठमाडौँ, १ माघ । काठमाडौं, १ माघ । कारोबार शुरु भएको दिन आइतबार नकारात्मक रहेको सेयर बजार सोमबार देखी वृद्धि हुदै मंगलबार पनि दोहोरो अकले वृद्धि भएको छ ।

मंगलबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से १७.५४ अंकले वृद्धि १,१९५.५४ विन्दुमा कारोबार बन्द भएको हो ।

आज कुल १५८ कम्पनीको ८,३५,२३९ कित्ता सेयरहरु खरिद बिक्री हुँदा ३९ करोड ७३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा भने मंगलबार सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टले अग्रता लिएको छ । ट्रष्टको ८ करोड भन्दा बढीको सेयर कारोबार भएको हो ।

यसै गरि मंगलबार सर्वाधिक कमाउनेमा टिजन्स इन्भेष्टमेन्ट ट्रष्टका लगानीकर्ताहरु नै रहेका छन् । जसको सेयर मुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ भने सर्वाधिक गुमाउनेमा सिद्धार्थ इक्युटी फन्टका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य २.७१९६७ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा सुचिकृत ११ वटै कम्पनीहरुको परिसुचक उकालो लगोको छ । जसमा सबै भन्दा बढी निर्जीवन बीमा कम्पनीको समुह २३२.९२ अंक र जीवन बीमा समुह १९७.०९ अंकले बढेको छ भने सबै भन्दा कम फाइनान्स समुहको परिसुचक ०.८९ अंकले मात्र बढेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्