धादिङ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातजाति, धर्म, वर्ग तथा समुदायलाई विभेद गरेर राष्ट्रिय एकता बलियो नहुने बताएका छन् ।
मंगलबार धादिङबेशीमा लि:ल (घले) ल्हाेसारकाे उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले जातजाति भाषा, धर्म र क्षेत्र तथा समुदायको हक अधिकार सुनिश्चित गरेर मात्र नेपालको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले वर्ग समुदायको हक अधिकारलाई पूर्णतामा लैजानका लागि संविधानलाई परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।
उनले इतिहास बिन्ती चढाएर मात्रै नपाइने बताउँदै उत्पीडन तथा विभेदमा परेकाहरु आफैं जागरुक भएर हक अधिकार माग्नुपर्ने उल्लेख गरे ।



लाेकपाटी न्यूज

