भूकम्पको धक्का महसुस

Earthquake_Bhukampa
लाेकपाटी न्यूज

२९ पुस । आइतबार ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बेंसीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

यसअघि गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्