नेविसंघका ८ जना पदाधिकारीले किन दिए राजीनामा ?

Nebisang
लाेकपाटी न्यूज

काठमाडौं, २७ पुस । नेपाल विद्यार्थी संघ ‘नेविसंघ’का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका पदाधिकारीले अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदैे शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्।

उपाध्यक्ष पुष्प कुमार शाहीले महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसकिरहेकाले संगठनले निकास पाउन सक्ने अवस्था नदेखिएको भन्दै पदबाट राजीनामा दिएकोे बताए ।

विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन खोज्दा पनि सम्भव नभएपछि पार्टीले २ महिना थप गरेको र थप गरेको समयमा पनि महर नेतृत्वको वर्तमान समितिले निर्वाचन गराउन नसकेकाले संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै राजीनामा दिएको उनले बताए ।

दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्