चुनावी तयारीमा प्रकाश राज

prakash Raj01
लाेकपाटी न्यूज

एजेन्सी । केही दिनअघि बलिउड तथा दक्षिण भारतीय फिल्मका कलाकार प्रकाश राजले आफू चुनावमा भाग लिने बताएका थिए । तर, अहिले उनी चुनावमा आफूप्रति माहौल बनाउनमा व्यस्त रहेको बताइन्छ ।

अभिनेता प्रकाश राजले बिहीबार दिल्लीको मूख्यमन्त्री र आम आदमी पार्टीका नेता अरविन्द केरजीवालसँग भेट गरे । उनले केजरीवालसँगको भेटलाई सामाजिक सञ्जालमा देखाएका थिए । यसअघि आम आदमी पार्टीले प्रकाश राजलाई लोकसभा निर्वाचनमा लड्नका लागि बाहिरी समर्थन दिने बताएको थियो ।

उता दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालसँग भएको भेटलाई प्रकाशले ट्वीटरमार्फत आममानिसलाई देखाए । उनी सामाजिक सञ्जालमा राजनैतिक विषयमाथि तिखा भनाइ राख्छन् । त्यसैले उनी ट्रोल र आलोचनाको शिकार पनि हुन्छन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारको कडा आलोचकसमेत हुन् ।

अभिनेता प्रकाश राजले अङ्ग्रेजी नयाँ वर्षमा राजनीतिमा आउने घोषणा गरेका थिए । उनी आगामी लोकसभा चुनावमा निर्दलीय उम्मेदवारको रुपमा प्रस्तुत हुँदैछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्