एजेन्सी । बलिउड सुपरस्टार सलमान खान विवाहको खबरका कारण मिडियामा चर्चामा रहन्छन् । त्यसो त सलमान खान यतिबेला रोमानियन गर्लफ्रेन्ड यूलिया भन्तुरसँग माया साटिरहेका छन् ।
हालै सलमान आफ्नो फिल्म ‘भारत’को शूटिङका लागि गोवा गएका थिए । त्यहाँ पनि सलमानसँगै यूलिया पनि थिइन् । शूटिङपछि सलमान गोवाबाट फर्कँदै गर्दा मुम्बई एयरपोर्टमा यूलिया पनि क्याप्चर भइन् ।
यूलिया चाँडैभन्दा चाँडै सलमानसँग वैवाहिक बन्धनमा बाँधिन चाहन्छिन् । तर, सलमानले पटकपटक नयाँ बहाना बनाएर विवाहबाट पन्छिहरेका छन् । हालै सलमान कपिल शर्माको शोमा पुगेका थिए । त्यहाँ सलमानले इशारैइशारामा यूलियासँको आफ्नो लभ कनेक्शनलाई कन्फर्म गरेका थिए ।
सलमानले यतिसम्म भने कि जुन प्रकारले फिल्म ‘भारत’मा उनको बिहे ७२ वर्षको उमेरमा हुनेछ । त्यस्तै रियल लाइफमा पनि आफ्नो विवाह ७२ कै उमेरमा हुने बताएका थिए । अहिले सलमान ५३ वर्षका भए । उनको हिसाबमा अब यूलियाले सलमानसँग लगनगाँठो कस्न अझै १९ वर्ष पर्खनुपर्नेछ । त्यो निकै लामो समय हो ।
यद्यपी सलमानको उक्त भनाइलाई फिल्म प्रमोशनका लागि यस्सै भनिएको बताइएको छ ।



लाेकपाटी न्यूज

