काठमाडौं, २३ पुस । डा. गोविन्द केसीले माफिया र दलालको स्वार्थ पक्षपोषण गर्ने विरुद्ध लाग्ने बताएका छन् ।
डा. केसीले सोमबार पत्रकार सम्मेलन गर्दै शीर्ष नेताहरुले जनताको सेवामा नलागेर माफियालाई पक्षपोषणमा लागेको आरोप लगाएका हुन् । उनले आजै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एकातिर देशका अधिकांश जनता बसोबास गर्ने ग्रामिण क्षेत्रका हरेक नागरिकले सर्वसुलभ रुपमा सवास्थ्य उपचार पाउन भनेर गाउँमा सरकारी मेडिकल तथा अस्पतालहरु खोल्नुपर्छ भनेर हामी लड्दै आएका छौँ, अर्कोतिर सोही क्षेत्रबाट निर्वाचित सांसद र शीर्ष नेताहरु नागरिकका लागि नभएर माफिया र दलालको स्वार्थ पक्षपोषण गर्नतर्फ लागेका छन् । उनीहरुको यो उदेश्य कदापी पुरा हुन दिने छैनौं ।’
उनले अबको अनसन नेताविरुद्ध हुने बताउँदै भने, ‘बहुमतको सरकारले जनता मार्ने काम गरेको छ । माग जस्ताको त्यस्तै कार्यन्वयन गर्नुर्छ नत्र अब बश्ने अनसन राजनीतिक नेताविरुद्ध हुनेछ ।’
विज्ञप्ति हेर्नुहोस् :





लाेकपाटी न्यूज

