एजेन्सी । बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री मलाइका अरोरा प्राय: फिटनेसका कारण चर्चामा आउने गर्छिन् । हालै उनले सामाजिक सञ्जालमा हट फोटो अपलोड गरेकी छन् । केही दिनअघि उनलाई क्रिसमस मनाइरहेको अवस्थामा देखिएको थियो ।
सो अवसरमा उनले रातो ज्याकेट र हिल लगाएकी थिइन् । जसलाई उनको फ्यानले निकै मन पराएका छन् । सामाजिक सञ्जालमा मलाइकाको रातो ज्याकेटको चर्चा चुलिएको छ ।

खबरलाई मान्ने हो भने मलाइकाले गुचीको ज्याकेट पहिरिएकी थिइन् । जसको मूल्य ३ हजार २१० क्यानेडियन डलर अर्थात् १ लाख ७० हजार भारु पर्छ । त्यस्तै उनको गोल्डेन हाई हिल्सको मूल्य ९० हजार भारु पर्छ ।
पछिल्लो समय मलाइका र अर्जुनको अफेयरले मिडियामा खबर बनिरहेका छन् ।



लाेकपाटी न्यूज

