विपिन आचार्य
चीनमा माओले प्रतिपादन गर्नुभएको विचार र योजना कार्वान्वयन भएको आधा शताब्दीभन्दा धेरै भइसक्यो। माओले जग राखेको, वर्तमान चीन विश्व अर्थतन्त्रमा केन्द्रीय भूमिकामा छ। चिनियाँ नेताहरू सबै भ्रष्टाचारीलाई प्रसय दिएको छैन । आफ्नो पार्टी होस् वा अरु भ्रष्टाचार गर्नेलाई फासीको ब्यवस्था गरिएको छ, जुन सतप्रतिशत पक्षपातरहित ढङ्गले लागू हुन्छ । हरेक व्यक्ति आर्थिक पारदर्शितालाई आफ्नो प्रमुख कर्तब्य मान्छन्। कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूले ब्यक्तिगत सम्पत्तिलाई न्यूनिकरण गर्दैछन्।
यता नेपालमा भने अझै पनि माओवाद कि माओविचार मान्ने भन्ने मतान्तर कायम नै छ। अहिले पनि माओवाद स्वीकार गरेका क्रान्तिप्रति निष्ठावान क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूलाई भुत्ते बनाउन आन्तरिक र बाह्य चलखेल छ। चराचुरूङ्गीको प्रमुख विशेषता पखेटा हो, चराको पखेटा निकाल्दिएपछि उड्न सक्दैन। त्यस्तै माओवादको सारत्व भनेको अन्तरविरोधको समाधान गर्ने, ब्यक्तिगत सम्पत्ति अन्त गर्दै राज्यको ढुकुटी बलियो बनाउने, सर्वहारा, श्रमजिवि जनता, किसान, मजदुर र उत्पीडित जाति तथा क्षेत्रमा क्रान्ति अर्थात् आमूल परिवर्तन गर्ने हो। नेपालमा माओवादको सारत्व के कति लागू भयो भन्ने बारेमा बहस जारी नै छ ।
नेपालका कतिपय नेताहरूले नजिकैको चीनको विकासलाई बिर्सिदै युरोप अमेरिका र अष्ट्रेलियाको मात्र नमूना विकासबारे छलफल गर्छन् । राम्रा कामका लागि विचारभन्दा विकास निर्माणको अध्ययन मनन गर्नुपर्ने हो । तर, हामीकहाँ विकासलाई पनि राजनीतिक चश्माका आधारमा उपेक्षा गर्ने र त्यसबाट शिक्षा लिन नचाहने प्रवृत्ति छ, जुन गलत हो ।
माओको जन्मदिनको अवसर हाम्रा नेताहरूले आगामी दिनमा घरभाडा र यातायात खर्च खबर नै नभई उपयोग गर्नुहुने छैन। राज्यको ढुकूटीलाई बलियो बनाउदै समृद्ध नेपाल वनाउन अध्यक्ष क. प्रचण्ड र क.ओलीले लाग्नुभएको मार्गमा अघि बढ्न प्रेरणा मिल्नेछ । कम्युनिष्ट पार्टीका सबै नेता कार्यकर्ता राष्ट्र र वर्गकै निम्ति लाग्नेछन्, यही अपेक्षा गरौं ।



लाेकपाटी न्यूज

