बर्दिवास, ११ पुस । आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागूपदार्थ दूर्व्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोबारी र दूर्व्यसनीको खोजसँगै महोत्तरी जिल्लामा मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।
चोरी, डकैती, लुटपाट, हुलहुज्जत र बलात्कारसम्मका गम्भीर अपराधका बढीजसो घटनामा लागूपदार्थ कारोबारी र दूर्व्यसनीसँगै मदिराको लत लागेका व्यक्तिको संलग्नता रहने गरेको निष्कर्षमा पुगेको प्रहरीले जिल्लामा अवैध मदिराका भट्टी नष्ट गर्ने र दुव्र्यसनीको खोजी गर्ने अभियान नै सञ्चालन गरेको हो ।
यसक्रममा प्रहरीले गाँजाका पुराना एक कारोबारीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५७ मा १५९ किलो गाँजा र गाँजा थिच्ने फलामे मेसिन बरामद भएको घटनामा फरार जिल्लाको एकडारा गाउँपालिका–३ का महाजन दास तत्मालाई प्रहरीले पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको हो । तत्माबारे थप अनुसन्धान र अदालती कारवाही थालिएको प्रहरीले जनाएको छ ।



लाेकपाटी न्यूज