रुपन्देही, ९ पुस । सोमबार बुटवलबाट अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।
बुटवल उप महानगरपालिका-१३ का वडा सचिव भरतकुमार काउचालाई रु. पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धी अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए ।
पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।



लाेकपाटी न्यूज