एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानको यतिबेला चर्चा चुलिएको छ । उनले एकपछि अर्को फिल्म साइन गरिरहेकी छन् । उनी अहिले आफ्नो आगामी फिल्मको प्रमोशनमा जुटेकी छन् । बताइएअनुसार अहिले साराको हातेेमा अर्को फिल्ममा परेको छ । उनी आफ्नै पिताको फिल्म ‘लव आजकल’को सिक्वेल ‘लव आजकल २’मा देखिन लागेकी हुन् ।
यस फिल्ममा सारासँगै कार्तिक आर्यन पनि देखिने बताइएको छ । सन् २००९ मा रिलिज भएको सैफ अली खान र दीपिका पादुकोणको सुपरहिट फिल्म ‘लव आजकल’को अब दोस्रो भाग बन्न लागेको हो । फिल्मका निर्देशक इम्तियाज अलीले सारा र कार्तिकलाई लिने मनसाय बनाएका हुन् ।
सारा अली खानले ‘कफी विथ करण’मा कार्तिक आर्यनसँग रोमान्स गर्ने चाहना भएको बताएकी थिइन् । फिल्ममा साराले कार्तिकसँग रोमान्स गर्नेछिन् । उनले रियल लाइफमा डेट नगरेपनि कार्तिकसँग रिलमा भने पक्कै गर्नेछिन् ।
स्मरण रहोस्, सारा अली खानले फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनको यस फिल्मले बलिउडमा राम्रै व्यापार गरेको थियो ।



लाेकपाटी न्यूज

