घुस लिँदालिँदै समातिए ठाकुर

लाेकपाटी न्यूज

गलेश्वर, ६ पुस । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा सहायक वन अधिकृत रङ्गेहात पक्राउ परेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका कर्मचारी राजकुमार ठाकुरलाई लाई घुससहित पक्राउ गरेको हो ।

बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै उनले रकम लिइरहेका थिए ।

आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले पैसा मागेपछि उनले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्