नेकपा नेता भण्डारी सम्पर्कविहीन

CPN Dhumbarahi
लाेकपाटी न्यूज

भद्रपुर, ५ पुस । नेकपाका मेचीनगर नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ ।

तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएको उनकी पत्नी गीता भण्डारीले बताइन् । ‘हिजो बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन,’ उनले भनिन् ।

नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाडेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उनी सम्पर्कविहीन भएको खबर आएलगत्तै खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

बुधबार बिहान ८ बजेतिर घर नजिक रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फर्किएको कलेजका सञ्चालक भाष्कर निरौलाले बताए । प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उनीसँग आर्थिक कारोबार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्