काठमाडौं, ५ पुस । वि.सं. २०७५ पुस ५ गते बिहीबारको राशिफल यसप्रकार छ :
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दैनिक कार्यमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । सरकारी निकाएको भय रहला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । व्यस्तता बढ्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । प्रेममा विवाद पनि रहनेछ ।
बृश्चिक
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
मकर
मकर (भो, जा ,जि, जु, जे, जो, ख, खि, खु, खे, खो ,गा, गि) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल



लाेकपाटी न्यूज

