काठमाडौं । नेपाल सुन्दरी शृंखला खतिवडा यतिबेला विश्व सुन्दरी प्रतियोगितामा भाग लिन चीनमा छिन् ।
मल्टिमिडया विधामा अग्रस्थानमा देखिएकी शृंखलाको चर्चा नेपाललगायत विश्वभरी भएपछि हाल सामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरमा उनको नाममा थुप्रै अकाउण्ट बनेका छन् ।
यस्ता फेक अकाउण्टका कारण भ्रामक सन्देश प्रवाह भएपछि शृंखला तनावमा परेकी छन् ।
फेक अकाउण्टले ‘आतंक’ नै मच्चाएपछि उनले त्यस्ता अकाउण्टको भर नपर्न भनेकी छन् । आइतबार साँझ ट्वीट गर्दै उनले आफ्ना नाममा खोलिएका फेसबुक अकाउण्ट फेक रहेको भन्दै आफू मिसवल्र्डको आधिकारिक पेजमा मात्र सक्रिय रहेको जानकारी दिएकी छन् ।
फेक अकाउण्टका कारण सेलिब्रेटीहरु तनावमा पर्ने गरेका छन् भने समाजमा भ्रामक सन्देश पनि प्रवाह हुने गरेको छ ।




लाेकपाटी न्यूज

