काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उनी बुधबार स्वदेश फर्किएको उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।
उनका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । नेपाल कात्तिक २९ गते बेलायत प्रस्थान गरेका थिए ।



लाेकपाटी न्यूज