काठमाडौं, २६ कात्तिक । अभिनेता आकाश श्रेष्ठले केही समयअघि मात्र मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वीर विक्रम’मा साइन गरेका थिए । तर, हजुरबुबा बिरामी भएको भन्दै उनले फिल्मबाट हात झिकेपछि सोही फिल्ममा अर्का अभिनेता पल शाह अनुबन्ध भएका छन् ।
सोमबार चाम्स इन्टरटेन्मेन्टले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।
फिल्ममा वर्षा सिवाकोटी, नाजिर हुसेन, बिनिसा भण्डारी र पल मुख्य भूमिकामा देखिनेछन् । फिल्म मंसिर ३ गतेबाट फ्लोरमा जानेछ ।



लाेकपाटी न्यूज

