आफ्नै श्रीमानले गरे कमलाको हत्या

Khukuri
प्रतीकात्मक तस्बिर
लाेकपाटी न्यूज

नवलपरासी । गत पुस ४ गतेबाट हराइरहेकी बर्दघाट नगरपालिका–२ की २१ वर्षीय कमला थरुनी चौधरीको आफ्नै श्रीमानले हत्या गरेको रहस्य खुलेको छ ।

घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जंगलमा उनको शव फेला पारेका थिए । शव फेला पार्नसाथ अनुसन्धान गर्दा उनकै श्रीमान सुनिलले हत्या गरेको रहस्य खुलेको हो ।

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा आपसी मनमुटावका कारण श्रीमती कमलाको आफैले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । प्रहरी उपरीक्षक भट्टले सुनिललाई कर्तव्य ज्यान मुद्धा चलाइने जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्