काठमाडौं, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ लिँदैछन् ।
डिल्लीबजार कारागारमा रहेका चौधरीलाई शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् सचिवालय ल्याउने तयारी भएको हो । उनलाई सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा शपथ खुवाएपछि पनि संसद् भवन छिर्न नपाउने बताइएको छ ।
चौधरीलाई शपथपछि पुन: कारागार नै लगिने संसद् सचिवालयले जनाएको छ । यसअघि चौधरीलाई शपथ ग्रहण नगराए सरकारको समर्थन फिर्ता लिने भन्दै राजपाले चेतावनी दिँदै आएको थियो ।
गत मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट चुनाव जितेका थिए ।



लाेकपाटी न्यूज

