विश्वकै अग्लो कृष्ण–मूर्ति सुनवलमा !

smarak-1
लाेकपाटी न्यूज

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विश्वमै अग्लो कृष्ण भगवानको मूर्ति निर्माण भइरहेको छ ।

सुनवल नगरपालिका वडा नम्वर ४ मा भगवान कृष्णको मूर्ति पौतालादेखि शिरसम्म ५२ फिट अग्लो रहेको र यो मूर्ति विश्मै अग्लो भएको ५२ फुट कृष्ण मूर्ति निर्माण समितिका अध्यक्ष उमाकान्त उपाध्यायको दावी छ ।20190101_153852

विगत पाँच वर्षदेखि निर्माणाधीन कृष्ण मूर्ति पछिल्लो समयमा गतिलिन नसकेपछि गएको रामनवमी मा ५२ फुट कृष्ण मुर्ति निर्माण समिति गठन गरिएको हो । अपुरो मूर्तिलाई पुर्णता दिनका लागि अहिले धमाधम काम भइरहेको समितिका अध्यक्ष उपाध्यायले बताए ।

अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको बताउँदै आगामी कृष्णाष्टमी सम्ममा सम्पन्न गरिसक्ने उपाध्यायले जानकारी दिए । मूर्तिको निर्माण कार्यमा ६५ लाख खर्च भइसकेको र स्तरोन्नति गर्दा करिब १ करोड लाग्ने अनुमान गरिएको छ ।

कृष्ण मूर्तिका निम्ति ५ वर्ष पहिले महायज्ञसमेत गरिएको थियो । मूर्तिलाई पूर्णता दिन स्थानीयहरुमा समेत जागरुकता देखिएको छ । यसै क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न नगरपालिकाले समेत बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्