काठमाडौं, १७ पुस । अत्यधिक चिसोले सदरमुकाम सिमकोटका धारामा पानी आउन छाडेको छ । चिसोले खानेपानीको पाइपमा बरफ जम्दा घर–घरमा जडान गरिएका धारामा पानी आउन छाडेको हो । चिसोले हुम्लाको तापक्रम माइनस १७ डिग्रीमा झरेको छ । धारामा पानी आउन छाडेपछि सदरमुकाम सिमकोटवासी बिहान–बेलुका खानेपानीको जोहो गर्न नजिकैका मुग्रा धारामा जान थालेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
खानेपानी धारामै जमेपछि स्थानीयले धारा र पाइपमा तातोपानी हालेर बरफ पगाल्ने गरेका छन् । धारामा बरफ जम्दा खानेपानीको अभाव हुन थालेको सिमकोट गाउँपालिका–४ का धर्मानन्द लामाले बताए ।
‘अत्यधिक चिसोले घरको खानेपानीको धारोमा बरफ जम्दा खानेपानीको समस्या भयो,’ लामाले भने, ‘पाइपमा पानी आउनै छाडेपछि पाइपमा तातोपानी हालेर बरफ पगालेर खाने गरेका छौँ ।’



लाेकपाटी न्यूज